प्रहरी टिम च्याम्पियन


नेपाल प्रहरी क्लब गौतम बुद्ध ४८ औं राष्ट्रिय कराते प्रतियोगिताको उपाधि सोमबार जितेको छ । १० स्वर्ण, ४ रजत र २ कांस्य जित्दै प्रहरी टिम च्याम्पियन बनेको हो । बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजनमा नेपाल सितोरियो कराते संघ, शाखा डोजो बौद्धद्वारा आयोजित प्रतियोगितामा त्रिभूवन आर्मी क्लब दोश्रो भयो । आर्मीले ६ स्वर्ण, ४ रजत र ६ कांस्य जित्यो । १ स्वर्ण र उत्तिनै रजतसाथ मध्यपश्चिमाञ्चलले तेश्रो स्थानमा चित्त बुझायो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।
बौद्धस्थित महेन्द्र बौद्ध माविमा भएको प्रतियोगिताको पुरुषमा प्रहरीका सोनाम लामा र महिलामा आर्मीकी मिस्ली श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।
तीनदिने प्रतियोगितामा पाँच विकास क्षेत्र, प्रहरी, आर्मी, एपीएफ र आयोजकसहित ९ टिमका १ सय २८ खेलाडीले विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment