अनिल,भरत र नवयुगको आतीथ्यमा खेल स्टारको सम्मान

गैर आवासिय नेपाली संघ अस्ट्रेलियाले देशको झन्डा परदेशमा फहराउने खेलाडी राष्ट्रका गहना भएको भन्दै पहिलो पटक स्पोर्टस अर्वाड समारोहबिच नेपालका राष्ट्रिय तथा अन्त्राष्ट्रिय खेलाडीलाई सम्मानीत गरेको छ ।अस्ट्रेलियाभर छरिएर रहेका नेपालीलाई एकताको गाठोमा बाध्ने प्रयास स्वरुप आयोजना गरेको बास्केटबल, भलिबल, क्रिकेट र फुटबलका विजेतालाई पुरस्कृत गर्न आयोजना गरेको स्पोर्टस अर्वाड नाइटमा नेपालवाट फुटबलका स्टार अनिल गुरुङ , नवयुग श्रेष्ठ र भलिबलका पुर्व कप्तान भरत शाहलाई बिशेष अतिथीका रुपमा बोलाइएको थियो ।
खेलकुदको माध्यमवाट देश चिानउने खेलाडी मुलुकका गहना भएको भन्दै अस्ट्रेलियामा छरिएर रहेका दश खेलाडीलाई समेत एनआरएन अस्ट्रेलियाले स्पोर्टस अर्वाडमा बिशेष सम्मान प्रदान गरको थियो । जसमा नेपालको प्रतिनिधित्व गरी तिन पटक युथ १९ बिश्वकप खेलिसकेका यशवन्त सुबेदी, प्रेम चौधरी , टी ट्वान्टी बिश्वकप खेलेका नेपालका वाया हाते फास्ट बलर अमृत भट्टराइ, सागमा उसुमार्फत स्वर्ण पदक विजेता विनिता महर्जन,रजत पदक विजेता राजु महर्जन, फुटबलका जगजित श्रेष्ठ,अनिल ओझा रहेका थिए भने अस्ट्रेलियामा रहेर यहाका राष्ट्रय तथा अन्तराष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपालको नाम राख्ने नेचुरल बडि बडिबील्डर सन्तोष कुमार श्रेष्ठ, प्रकृती श्रेष्ठ ,सन्जिव चौधरी तथा जुडोका मोहम बम रहेका थिए ।
एनआरएनएले पहिलो पटक खेलकुद प्रतियोगिता र सम्मानको परम्पराको थालनी गरेको हो । कार्यक्रममा प्रमुख अतिथी अस्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदुत राजेन्द्र पाण्डेले मुलुक चिनाउने महत्वपुर्ण माध्यम खेलकुद रहेकोले खेलाडी राष्ट्रका दुतका रुपमा रहेको बताए । एनआरएनले बिदेशमा लुकेर बसेका खेलाडीको खोजी खोजी सम्मान गर्दा उनिहरुको सहि मुल्याकन हुनुका साथै एनआरएन प्रती सकरात्मक सन्दशे फैलीने बताए ।
एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले बास्तबमै एनआरएनले छुटाएको महत्वपुर्ण पाटोको रुपमा रहेको खेलकुद र खेलाडीलाई सम्मानको परम्पराको थालनी गर्न पाउनु आफ्नो लागि खुसीको बिषय भएको बताए ।
सिग्देलले मुलुकका लागि पसिना बगाएर नाम राख्ने खेलाडी सम्मानको हकदार भएकोले अन्य क्षेत्रहरुले पनि उनिहरुको सम्मानको थालनी गर्नुपर्ने बेला आएको बताए ।
कार्यक्रमका संयोजक तथा एनआरएनका खेलकुद संयोजक नन्द गुरुङले प्रवासमा छरिएर रहेका खेलाडी तथा युवा जगतलाई हातेमालो गर्ने र भाइचाराको शन्देशका लागि पनि खेलकुद प्रतियोगिता महत्वपुर्ण रहेको बताए । गुरङले आगामी दिनमा पनि एनआरएनएले खेलकुदलाई प्राथमिकताको सुचिमा राखेर अगाडि बढने बेला आएको सुनाए ।
सह सचिब भिष्म भण्डारीले सन्चालन गरेको कार्यक्रममा एनआरएनले आयोजना गरेको बिभिन्न खेल बिधाका बिजेता तथा उपविजेतालाई नगद तथा ट्रफी बितरण गरिएको थियो । यसै कार्यक्रममा अस्ट्रेलियामा बसेर बिभिन्न खेलक्षेत्रमा लमो समयदेखि योगदान दिने फुटबलमा अनिल थापा मगर , भलिबलका टीका कार्की, बास्केटबलका धिरोज मल्ल ,क्रिकेटका जिवन थापालाई सम्मानित गरिएको थियो । कार्यक्रमलाई सफल बनाउन महत्वपुर्ण भुमिका खेल्ने युवा स्वयंससेवी किरण बराल ,सुरेन्द्र पाण्डे, शितल खाँंण , विजय शर्मा र राज गुरुङ र सुमन बोहरा
सहित विजेताहरुलाई कार्यबाहक राजदुत राजेन्द्र पाण्डे, एन्फाका महासचिब धिरेन्द्र प्रधान , एनआरएनएका अध्यक्ष सुरेन्द्र सिग्देल,उपाध्यक्ष दिनेश पोखरेल लगायतले पुरस्कृत गरे ।

Comment