बंगलादेश नेभी र आर्मीको दोश्रो जित


बंगलादेश नेभी र त्रिभूवन आर्मी क्लबले चौथो विशाल मिलन केन्द्र (विएमके) ले खुला बास्केटबल प्रतियोगितामा आइतबार लगातार दोश्रो जित हात पारेका छन् । दोहोरो लिग प्रणालीमा भइरहेको प्रतियोगितामा बंगलादेश नेभीले साउथ साइडर्सलाई ७५–५४ ले पराजित ग¥यो । जितमा मिथुन कुमारले सर्वाधिक २७ अंक योगदान गरे ।
पहिलो क्वाटरमा ११–१२ को झीनो अन्तरले पछि परेको बंगलादेश नेभीले बाँकी क्वाटरमा भने अग्रता कायम ग¥यो । बंगलादेश नेभी दोश्रोमा १५–११, तेश्रोमा २१–१८ र चौथोमा २८–१३ ले अगाडि रह्यो ।
दोश्रो खेलमा आर्मीले रविन खत्रीको २८ अंक सहयोगमा आयोजक विएमकेलाई ८७–७२ ले हरायो । पहिलो क्वाटरमा २४–११ को अग्रता बनाएको आर्मी दोश्रोमा १८–२६ ले पछि प¥यो । आर्मीले तेश्रोमा २६–२० र चौथोमा १९–१५ को अग्रता बनाउदै जित सुनिश्चित ग¥यो ।

Comment