बक्सिङ खेलाडी थाइल्याण्ड .जाने

थाइल्यान्ड अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप (किङ्स कप)मा सहभागि हुन जाने नेपाली बक्सिङ टोलीलाई खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टल आइतवार बिदाई गरेका छन् । थाइल्यान्डको राजधानी बैंककमा सोमबारदेखि सुरु हुने त्यसतर्फ जाने खेलाडिमा ५२ केजी तौलसमूहमा प्रेम चौधरी, ६४ केजीमा दीपक श्रेष्ठ र ६९ केजी तौलसमूहमा विष्णु घलेले रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा प्रविण तुलाधर र डम्बरदत्त भट्ट रहेका छन् भने सहायक प्रशिक्षकको जिम्मेवारी दीपक महर्जनले सम्हाल्ने छन् । नेपाल बक्सिङ संघका सदस्य प्रनिर अधिकारी टिम व्यवस्थापकका रुपमा रहेका छन् ।

नेपाली टोलीको नेतृत्व भने बक्सिङ संघका अध्यक्ष राम अवालेले गर्नेछन् । खेलाडिलाई बिदाई तथा शुभकामना दिदै सदस्यसचिव बिष्टले नेपाली बक्सिङको गौरवशाली इतिहास रहेको धारणा ब्यक्त गर्दै खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरेका थिए । विदाई कार्यक्रममा  दीपक गुरुङ र ओमनारायण श्रेष्ठले प्रत्येक बाउट जित्ने खेलाडीलाई बाउटको २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गर्ने घोषणा गरे । यसैगरी अवाले परिवारले उपाधि जित्नेलाई जनही एक लाख, उपविजेता भएमा ५० हजार तेस्रो स्थान हासिल गरेमा २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे । नेपाली टोली सोमवार त्यसतर्फ प्रस्थान गदैछ ।

Comment