भेट्रान धावक नेडरल्यान्ड जाने


दुई नेपाल भेट्रान धावक रामकृष्ण महर्जन र धर्म महर्जन अन्तर्राष्ट्रिय दौडमा सहभागी हुन मंगलबार नेडरल्यान्डको रोटर्डम प्रस्थान गर्दैछन् । अप्रिल ९ मा रामकृष्णले म्याराथनमा सहभागिता जनाउने छन् । रामकृष्णसंग विभिन्न १५ अन्तर्राष्ट्रिय भेट्रान दौडमा सहभागिता जनाएको अनुभव छ । ति मध्ये उनले १७ औं मलेसियन ओपन मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको ५ हजार मिटर, मलेसियामै भएको १६ औं एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको १० हजार मिटर तथा ब्लायकमोर्स सिडनी म्याराथनमा स्वर्ण जितेका थिए ।
धर्मले ६० किलोमिटर अल्ट्रा डि जेस्टिङ टेक्सेलमा अप्रिल १७ तारिखमा प्रतिस्पर्धा गर्नेछन् । धर्मले सन् २०१४ मा जापानमा भएको एसियन मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको ४०–४५ वर्ष उमेरसमूहको १० किलोमिटरमा कांस्य तथा ५ किलोमिटर दौडमा चौथो भएका थिए ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र नेपाल मास्टर्स एथलेटिक्स तदर्थ समितिका अध्यक्ष एवं दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे ।
सो अवसरमा सदस्य–सचिव विष्टले भेट्रानको सहभागिताले सक्रिए खेल जीवनबाट सन्यास लिएपनि खेलाडी खेलबाट टाढा रहन सक्दै भन्ने सन्देश दिएको बताउदै राष्ट्रको गौरव बढाउने कुरामा उमेर कहिले बाधक नबन्ने धारण व्यक्त गरे ।

Comment