साम्बो हुने

नेपाल साम्बो फेडेरेसनको आयोजनामा प्रथम टोखा साम्बो प्रतियोगिता चैत ३० गते हुने भएको छ । प्रतियोगितामा पुरुष÷महिलामा विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका महासचिव उत्तम श्रेष्ठले जनाएका छन् ।
गोंगबुस्थित मेरीगोल्ड पार्टी प्यालेसमा हुने प्रतियोगितामा ६० खेलाडीको सहभागिता रहने बताइएको छ । आयोजकले जनाए अनुसार एकदिने प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार खर्च हुनेछ । टोखा नगरपालिका र सिभिल बैंकले प्रतियोगितालाई प्रायोजन गर्ने भएका छन् ।

Comment