एकेडेमी स्थापना दिवसमा वाकाथन

walka thon
मदनभण्डारी स्पोर्ट्स एकेडेमीले आफ्नो छैटौं स्थापना दिवस तथा अंगेजी नयाँवर्षको उपलक्ष्यमा बिहीबार वाकाथन कार्यक्रम आयोजना ग¥यो ।
वाकाथनको नेकपा एमालेका अध्यक्ष एवं एकेडेमीका संरक्षक केपीशर्मा ओली र नेपालकालागि चीनका राजदूतले संयुक्त रुपमा उद्घाटन गरे ।
पाटन दरबार स्क्वायरबाट सुरु भएको वाकाथनपुल्चोक, हरिहरभवन, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड गेटहुँदै बसन्तपुर दरबार स्क्वायरमा पुगेपछि सभामा परिणत भएर टुंगिएको थियो ।
सभालाई नेतृ विद्यादेवी भण्डारी, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायतले सम्बोधन गरेका थिए ।
वाकाथनमा १हजार ५ सय भन्दा बढीले सहभागिता जनाएको एकेडेमीका महासचिव पुरेन्द्र विक्रम लाखेले जनाएका छन् । वाकाथनमा सहभागी सबैलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
वाकाथानका दौरान सहभागीले निर्धारित समयमै संविधानजारी गर्न ध्यानाकषर्ण गराउने उद्देश्यले ठाउँ–ठाउँमानारा समेत लगाएका थिए ।

Comment