नविनलाई चेस उपाधि


श्रमजीवि साकोस याछेंद्धारा १९ औं स्थापना दिवस तथा ६० औं अन्र्तराष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित चन्द्रनारायण शुद्धाकार स्मृति खुल्ला रेपिड रेटिङ्ग चेस प्रतियोगितामा उपाधि पूर्व राष्ट्रिय च्याम्पियन नविन तण्डुकारले जितेका छन् । स्वीस लिग ७ चरणमा उनले ६ जीत र एक बराबरी खेलेका थिए । नविनले उपाधिसँगै नगद १० हजार रुपैया पाए ।
दुई दिने प्रतियोगितामा समान ५.५ अंक भएपनि प्रोग्रेसिव टाईब्रेकमा शुभकामना साकोसका वर्तमान राष्ट्रिय च्याम्पियन मदनकृष्ण कायस्थ दोश्रा, ख्वप साकोसका निर्मल सुवाल तेश्रा र पूर्व राष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ चौथौं भए । यसैगरी आयोजक श्रमजीवीका गणेशमान दुवाल पाँचौ, काभ्रेका क्षितिज भण्डारी छैटौं, पूर्व राष्ट्रिय च्याम्पियन बद्रिलाल नेपाली सातौं, श्रमजीवीका बिक्रम जति आठौं, दोलखाका आशिष फुँयाल नवौं र धनुषाका सुशील चौधरी दशौं भए ।
यस्तै स्थानीय खेलाडीमा आस्था साकोसका राजाराम दुवाल, अनरेटेडमा भक्तपुरकै धर्मसुन्दर तुलाधर, भेट्रानमा हित साकोसका कुमार ग्वाछा उत्कृष्ठ ठहरिए । विजयी तथा सहभागीहरुलाई संयोजक बिकुलाल सुवालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद प्रेम सुवालले पुरस्कृत गरे । प्रतियोगितामा १२ जिल्लाका ४९ जना खेलाडीहरु सहभागी थिए ।

Comment