काठमाडौं जेनियर र साइपाल सेमिफाइनलमा


काठमाडौं जेभियर र साइपाल एकेडेमी प्रथम काष्ठमण्डप कप अन्तरविद्यालय छात्र फाइभ ए साइड फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । काठमाडौं जेभियर समूह ‘ए’ तथा साइपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयको मैदानमा भएको लिग खेलमा काठमाडौं जेभियरले टीआईएलाई ५–२ तथा द एक्सेल्सियर स्कुललाई ४–३ ले हरायो । आयोजक काष्ठमण्डप विरुद्ध भने काठमाडौं जेभियरले गोलरहित बराबरी खेल्यो । त्यस्तै साइपालले बाबालाई ५–१ तथा रोजबडलाई ९–० ले हरायो भने रिलायन्ससंग बराबरी खेल्यो ।
एक्सेल्सियर र रिलायन्स पनि उपविजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भए । एक्सेल्सियर समूह ‘ए’ तथा रिलायन्स समूह ‘बी’ को उपविजेता बने । आइतबार हुने सेमिफाइनलमा काठमाडौं जेभियरको भेट रिलायन्ससंग हुनेछ भने साइपालले एक्सेल्सियर विरुद्ध प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ८ टिम सहभागी छन् ।

Comment