एसियन एन्डुरा सिरिज हुने


माउन्टेन बाइकिङ कम्पनी नार्लीको आयोजनामा दोश्रो एसियाली एन्डुरा माउन्टेन बाइक प्रतियोगिता चैत २४ देखि २७ गतेसम्म नुवाकोटमा हुने भएको छ ।प्रतियोगितामा विभिन्न १७ राष्ट्रका ८१ प्रतिस्पर्धी सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नार्लीका सह–संस्थापक अनुज अधिकारीले जानकारी गराए । त्यसमा ४२ नेपाली र ३९ विदेशी प्रतिस्पर्धी रहने छन् । एलाइट, लिजेन्ड, फेमेनिनो, एफिसियोनादो र प्रोडिगी स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

Comment