यति–ज्ञान तेक्वान्दो शनिबार

ज्ञानोदय इन्टरनेसनल रेसिडेन्सियल स्कुल र यति तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा यति–ज्ञान खुला तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष÷महिलामा समान ५–५ गरी जम्मा १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजाङका प्रशिक्षक अशोककुमार लामाले जनाएका छन् । विभिन्न १३ डोजाङका करिब १ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।
एकदिने प्रतियोगिताका खेलहरु खोकनास्थित आयोजक ज्ञानोदयको हलमा हुनेछ । पुरस्कार वितरण भने आइतबार हुनेछ ।

Comment