चौधरीप्रति श्रद्धाञ्जली


राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत सप्तरी जिल्ला खेलकुद विकास समितिका जुडो सहायक प्रशिक्षक चन्द्रनारायण चौधरीको स्वर्गारोहण भएको १३ औं दिनको पुण्य तिथिमा नेपाल जुडो संघले शुक्रबार श्रद्धाञ्जली सभा आयोजना ग¥यो । कार्यक्रममा जुडो संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, छोरी सीता, ज्वाईं रन्दिप थापालगायतले स्व. चौधरीको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
मृगौला रोगबाट पीडित राजविराज निवासी चौधरीको चैत ६ गते विराटनगरको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । २०५२ सालमा करार प्रशिक्षकमा नियुक्त भएका स्व. चौधरी २०६१ सालमा स्थायी भएका थिए । स्व. चौधरीका श्रीमति, १ छोरा र २ छोरी छन् । जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जुडो प्रति समर्पित एक कुशल प्रशिक्षक गुमाएको दुःख व्यक्त गर्दै संघको बैठक बसेर परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने बताए ।

Comment