टेनिस खेलाडी क्याथ्रिनलाई करातेमा स्वर्ण

niwas dai game
आठौं अन्तर्राष्ट्रिय स्कुल तथा कलेज कराते च्याम्पियनसिपमा लनटेनिस नेपाली खेलाडी क्याथ्रिन माथेमाले स्वर्ण जितेकी छन् । क्याथ्रिनले सिनियर गल्र्सको एकल कातामा पहिलो स्थान हात पारिन् ।
सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठान परिसरमा भएको प्रतियोगिताको जुनियर गल्र्सको एकल कातामा नेपालकी आर्या किरण केसीले स्वर्ण हात पारिन् ।
ब्वाइजको २०–२५ केजीमा नेपालका सुशील गुरुङ, २५–३० केजीमा भारतका तुसार, ३०–३५ केजीमा नेपालका सुवास देउला, ३५–४० केजीमा नेपालका इच्छु श्रेष्ठ, ४०–४५ केजीमा नेपालका प्रिन्स राणा, ४५–५० केजीमा नेपालका राजकुमार माझी, ५०–५५ केजीमा नेपालका सुजन घले, ५५–६० केजीमा नेपालका इमाल हुसैन मियाँ, ६०–६५ केजीमा नेपालका निलेश महर्जन तथा७५ केजीमाथि नेपालका सुरेश गुरुङ पहिलो भए ।
नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) द्वारा आयोजित प्रतियोगिताको गल्र्स २०–२५ केजीमा नेपालकी मिरा खाती, २५–३० केजीमा नेपालकी पुक्सान दुवाल, ३०–३५ केजीमा नेपालकी रुजाकालीकोटी, ३५–४० केजीमा नेपालकी रेश्मा सुनवार, ४०–४५ केजीमा नेपालकी करिना तामाङ, ४५–५० केजीमा नेपालकी अन्जु भुजेल तथा ५०–५५ केजीमा भारतकी दिप्तीले शीर्ष स्थान कब्जा गरे ।
दुई दिने प्रतियोगिताका विजेतालाई नेपाल कराते डो महासंघका अध्यक्षदावा गुरुङ, आयोजक संघका अध्यक्ष नरेश प्रसाद श्रेष्ठ र उपाध्यक्ष निवासगोपाल वैद्य लगायतले पुरस्कृत गरे ।

Comment