पारा प्रशिक्षण सुरु

राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा नेपाल पारा ओलम्पिक कमिटी र नेपाल दृष्टिविहीन टेबलटेनिस संघको संयुक्त आयोजनामा प्रशिक्षण बिहीबारदेखि दोलखाको भीमेश्वर बहिरा विद्यालयमा सुरु भएको छ । दृष्टिविहीनका लागि साउन्ड टेबलटेनिस तथा बहिराका लागि टेबलटेनिस प्रशिक्षण सुरु भएको हो । चैत १९ र २० गते दोलखामै हुने दोलखा जिल्लाव्यापी बहिरा तथा साउन्ड टेबलटेनिस प्रतियोगितामा सहभागी हुने खेलाडीलाई लक्षित गरी प्रशिक्षण आयोजना गरिएको आयोजकले जनाएको छ ।
बहिरातर्फ ३० र दृष्टिविहीनमा ४० प्रशिक्षार्थी सहभागी छन् । बहिरालाई टेबलटेनिस प्रशिक्षक धर्मभान वज्राचार्य र दृष्टिविहीनलाई साउन्ड टेबलटेनिस प्रशिक्षक कुमार पौडेलले शुक्रबारसम्म प्रशिक्षण दिने छन् । प्रशिक्षणको भीमेश्वर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश लामाले एक कार्यक्रमबीच उद्घाटन गरे ।

Comment