प्रकाश फिलिपिन्स जाने


नेपाल तङ्ग ईल मोदोका प्रशिक्षक प्रकाश श्रेष्ठ बिशेष प्रशिक्षणको लागि फिलिपिन्स जाने भएका छन् । बिहिबार एक कार्यक्रमकाविच राष्ट्रिय खेलकुद परिषद खेलकुद बिकास विभाग प्रमुख कुल बहादुर थापाले शुभकामना सहित श्रेष्ठलाई विदाई गरे ।
विश्व तोङ्ग ईल मोदो महासंघको आयोजनामा ४ महिने मार्सल आर्ट ट्रेनिङ्ग प्रोग्राम एण्ड पिस स्टडी कार्यक्रममा श्रेष्ठले सहभागिता जनाउनेछन् ।
प्रशिक्षकलाई श्रेष्ठलाई बिदाई गर्दै प्रमुख थापाले प्राप्त प्रशिक्षण नेपाली खेलाडीहरुको लागि निकैनै उपलब्धिमुलक हुने भन्दै यस खेलको बिकास र विस्तारमा आफ्नो तर्फबाट सदा सहयोग पु¥याउने बताए । बिदाई कार्यक्रममा संघका महासचिव सूर्य भट्टराईले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । प्रशिक्षक श्रेष्ठ शनिबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Comment