नेपालको पहिलो जित

बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कम क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । बिहिबार भएको खेलमा नेपालले हङ्गकङ्गलाई सात विकेटले पराजित गरेको छ । २१५ रनको लक्ष्य पाएको नेपालले ३४ बल बाकी रहदा तीन विकेटको क्षतीमा २१५ रन जोडेको हो । नेपालका लागि शरद भेषवाकरले अविजित ५५ तथा दिपेन्द« सिंह ऐरीले अविजित ६० रन जोडे । ज्ञानेन्द« मल्लले ७० रनको योगदान गरे । मल्ल म्यान अफ द म्याच घोषित भए ।
यस अघि टस हारेर पहिले ब्याटिङ्ग गरेको हङ्गकङ्गले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाउदै २१४ रन जोड्यो । अंशुमान राथले ५१ तथा सि म्याकअस्लानले ४३ रन जोडे । नेपालका अभिनास कर्णले तीन विकेट लीए । ज्ञानेन्द« सहित भुवन कार्की र सुषन भारीले दुइ ÷दुइ विकेट लीए ।

Comment