साइनिङ फाइनलमा

साइनिङ सन फुटबल एकेडेमी, कैलाली दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेको छ ।
लगनखेलस्थित बुद्धि विकास मण्डलको खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा साइनिङले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी क्लबलाई १–० गोलले पराजित ग¥यो । रविन्द्र श्रेष्ठले ४५ औं मिनेटमा निर्णायक गोल गरे । रविन्द्र नै ‘म्यान अफ द म्याच’ चुनिए ।
उपाधिका लागि साइनिङले ब्वाइज स्पोर्ट्स क्लब, काठमाडौं र सामाखुशी फुटसल क्लबबीच हुने दोश्रो सेमिफाइनलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । दोश्रो सेमिफाइनल बिहीबार हुनेछ ।

Comment