सुवासलाई आर्थिक सहयोग


लम्जुङको ओख्रेमा भएको जिल्लास्तरीय फुटबल प्रतियोगिता खेल्ने क्रममा घाइते भएका सुवास गुरुङलाई आर्थिक सहयोग बुधबार प्रदान गरिएको छ । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को पहलमा युनिटी तेक्वान्दो एकेडेमी, हङकङले सुवासलाई २५ हजार रुपैयाँ उपलब्ध गराएको हो । एनटीएका अध्यक्ष अशोक खड्काले सुवासकी आमा मन्जुलाई ग्रान्डी अस्पतालमा सहयोग रकम हस्तान्तरण गरे । सुवासको टाउकोको अप्रेसन गरिएको छ । सुवास विगत २ महिनादेखि ग्रान्डी अस्पतालमा उपचार गराइ रहेका छन् ।

Comment