खेल नेतृत्वको स्थानीय निर्वाचनमा चासो

 

जिवनराम श्रेष्ठ

आसन्न स्थानीय निर्वाचनको चर्चा र अभ्यास सुरु हुदा खेलकर्मी र खेलसंग सरोकारवालालाई पनि यसले प्रभावमा पारेको छ । उम्मेदवारीको दावीमा खेलकर्मी र खेल नेतृत्व पनि देखिन थालेका छन् । यस क्रममा एमाले निकट खेल ब्यक्तित्वको चर्चा बढी हुन थालेको छ । स्थानीय निर्वाचनमा सबैभन्दा आकर्षक र चर्चा गरिने काठमाडौ महानगरपालीका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठको चर्चा सुरु भएको छ । यसैगरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द«पौडेल र नेपाल जुडो संघका  उपाध्यक्ष रमेस मर्हजन आसन्न स्थानीय निर्वाचनमा मेयरको उम्मेदवारीको तयारीमा रहेका छन् । उपेन्द« कागेश्वरी मनोहरा तथा रमेस कीर्तिपुरमा उम्मेदवार हुन इच्छुक हुन् ।
काठमाडौ महानगरपालीका वडा नम्बरको वडा अध्यक्षको जिम्मेवारी, दुइ पटक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीमा दुइ कार्यकाल महासचिव हुदै अध्यक्ष भएका जिवनरामको अनुभव युवा पुस्तामा प्रभाव पार्नका लागि उपयुक्त मानीन्छ । काठमाडौ महानगरपालीकामा पार्टी सचिव योगेश भट्टराइ, बसन्त मानन्धर र सानु श्रेष्ठ लगायत नाम पनि चर्चामा रहेको छ ।
सदस्यसचिव रहदा भिजन २०२० परियोजनाका लागि परिचित श्रेष्ठ एमाले पार्टीको खेलकुन निती निमार्णमा सबैभन्दा अग्रणी मानीन्छन् । खेलकुदमा ब्यबसायीकताको मुद्धालाई प्राथमिकता दिने श्रेष्ठ महानगरपालीको मेयर भए अन्तराष्ट्रिय खेल निकाय र महागनरपालीको साइनो दरिलो हुने अपेक्षा धेरैको छ । युवा संघको नेतृत्व तहको पनि अनुभब बटुलेका श्रेष्ठको अन्तराष्ट्रिय सम्बन्धकै कारण युवा केन्दि«त कार्यक्रमको अपेक्षा गर्ने युवाहरुको जमात समेत काठमाडौंमा रहेको बताइन्छ । नेपाल ओलम्पिक कमिटीको अध्यक्ष भए पछि टोक्यो ओलम्पिकको तयारीको क्रममा नेपालले आयोजक टोक्यो सहित रुष र थाइल्यान्ड लगायत देशसंग विशेष सम्झौता गरिसकेको छ ।
यता, खेलकुद निकट ब्यक्तित्व अहिले काठमाडौमा एमालेको अबस्था सुदृढ रहेको दावी गर्छन् । नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा भन्छन्,“काठमाडौको जनमत अत्यन्त तरल रहेको यथार्थ हो । यसकारण २०७०को निर्वाचनलाई मात्र आधार मान्न मिल्दैन । ” शेर्पा पार्टी अध्यक्ष केपी ओलीको राष्ट्रियता प्रतिको अडान र एमालेको मेची महाकाली अभियानका कारण पनि जनमत सबै क्षेत्रमा एमालेको पक्षमा रहेको र काठमाडौ बासी पनि एमाले प्रति सकरात्मक रहेको दावी गर्छन् ।

उपेन्द« पौडेल

परिषद् सदस्य उपेन्द«को उम्म्ेदवार हुन इच्छुक रहेको कागेश्वरी मनोहरा यस अघिका ६ गावीस मिलाई बनाइएको नया नगरपालीको हो । गोटाठार, मुलपानी,डाछी थली, भद«बास,आलापोट र गागलफेदी मिलेर यो नगरपालीका तयार भएको हो । एमालेबाट गावीस अध्यक्ष भइसकेका कृष्णहरी थापा, भरत फूयाँल र रामशरण ढुंगानाका साथै जिल्ला कमिटी सदस्य मणीराम फूयाँल लगायत चर्चामा रहेको जनाइन्छ । पौडेल अनेरास्वबीयु राजनिती पछि नेपाल खेलकुद महासंघमा सचिव भएका हुन् । परिषद् सदस्य पौडेल एमालेको युवा तथा खेलकुद विभाग सदस्य हुन् । मर्हजन नेपाल जुडो संघको महासचवि हुदै  उपाध्यक्ष भएका हुन् ।

Comment