आर्विटर सेमिनार सुरु


नेपाल बुद्धिचाल संघको आयोजना तथा नेकोस चेस एकेडेमीको व्यवस्थापनमा राष्ट्रिय आर्विटर रिफ्रेसर कोर्स र राष्ट्रिय आर्विटर सेमिनार सोमबारदेखि सुरु भएको छ । तीनदिने सेमिनारमा भारतका अन्तर्राष्ट्रिय आर्विटर धर्मेन्द्र कुमारले राष्ट्रिय आर्विटरलाई प्रशिक्षण दिने छन् । सेमिनारमा ४० प्रशिक्षार्थी सहभागी छन् ।
सेमिनारको एसियन चेस फेडेरेसनका उपाध्यक्ष भरत सिंह चौहानले एक कार्यक्रमबीच उद्घाटन गरे । आयोजक संघका वरिष्ठ उपाध्यक्ष विदुरप्रसाद गौतमको सभापतित्वमा भएको कार्यक्रममा एसियन जोनल ३.२ का अध्यक्ष राजेशहरि जोशी लगायतले मन्तब्य राखेका थिए ।

Comment