सामाखुशी सेमिफाइनलमा


सामाखुशी फुटसल क्लब दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । लगनखेलस्थित बुद्धि विकास मण्डलको खेल मैदानमा सामाखुशीले साविक उपविजेता मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित ग¥यो । टासी छिरिङले खेलको ७० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । मनाङका हरिहर थापा ‘म्यान अफ द म्याच’ चुनिए ।
उक्त खेलसंगै सेमिफाइनल समीकरण तयार भएको छ । अब सेमिफाइनलमा सामाखुशीले ब्वाइज स्पोर्ट्स क्लब, काठमाडौंसंग बिहीबार प्रतिस्पर्धा गर्नेछ । त्यसअघि बुधबार डिफेन्डिङ नेपाल आर्मी क्लब र साइनिङ सन फुटबल एकेडेमी, कैलालीबीच पहिलो सेमिफाइनल हुनेछ ।

Comment