प्रतिवेदन प्रस्तुत

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न स्थानमा निर्माण गर्न लागेको खेल पूर्वाधारको विस्तृत परियोजना प्रतिवेदनमा छलफल भएको छ । सिमरा र धरानको फुटबल रंगशाला, भैरहवा, पोखरा, महेन्द्रनगर र बैतडी क्रिकेट रंगशाला तथा वीरगन्ज फुटबल र क्रिकेट रंगशालाको कन्सल्ट्यान्टले स्थलगत निरीक्षण गरी मंगलबार प्रस्तुतको नक्सामा छलफल भएको हो ।
सो अवसरमा राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, राखेपअन्तर्गत निर्माण तथा मर्मत शाखाका इन्जिनियर, सम्बन्धित कन्सलट्यान्टका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । छलफलपछि सदस्य–सचिव विष्टले चाँदै काम अगाडि बढाउदन बताउदै विशेष परिस्थितिमा बाहेक समय नथपिने जानकारी गराए ।

Comment