शिवानी एयर बुद्धिचाल आइतबारदेखि


ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना तथा ताम्राकार समाज ललितपुरको सह–आयोजनामा पाँचौं कामना सहकारी कप बुद्धिचाल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
स्विस लिग प्रणालीमा ११ चरणसम्म हुने प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख ९८ हजार ४ सय रुपैयाँ रहेको छ । विजेताले १ लाख ८२ हजार ९ सय रुपैयाँ मूल्य बराबरको सालुटो मोटरसाइल प्राप्त गर्नेछ ।
साताव्यापी प्रतियोगिताको अनुमानित खर्च १४ लाख ५८ हजार रुपैयाँ रहेको आयोजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो । खेल जावलाखेलस्थित ताम्राकार समाजको भवनमा हुनेछ ।

Comment