नेपालको अर्को हार

एसिसी इमर्जिङ टिम्स कपमा बंगलादेश यु–२३ टोली विरुद्धको खेलमा नेपाल ८३ रनको फराकिलो अन्तरले पराजित भएको छ । २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा १७४ रनमै समेटियो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ५६ रनको योगदान गरे भने दिलिप नाथले ४१ रन जोडे । त्यस्तै विनोद भण्डारीले ३३ रनको योगदान गरे ।
बंगलादेशका लागि राहतुल फिरदौसले चार, मोहम्मद सैफुद्धिनले तीन तथा अबुल हसनले दुई विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली बंगलादेशले पूरै ओभर खेल्दै नौ विकेटको क्षतिमा २५७ रन बनाएको थियो । बंगलादेशका लागि नासिर हुसेनले १०९ रनको सतकीय पारी खेले भने कप्तान मोमिनुल हकले ६१ रन जाडे ।

Comment