मनकामना केबलकार पोखरा कपको तयारी पूरा

पोखरा

कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा यही पुस २२ देखि पोखरा रड्डशालामासञ्चालन हुने मनकामना केबलकार पोखरा कप–२०७१ को तयारी पूरा भएको छ।
माघ ३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विदेशी दुई टीमसहित १२ टीमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
पोखरा कपको चौथो संस्करणको रूपमा रहेको प्रतियोगितामा विदेशीतर्फ हङकङको एभरेष्ट फुटबल क्लब र भूटानको बिसी एफसीको सहभागिता रहनेछ । नेपालका स्वदेशीतर्फ आयोजक पोखरा–११, ए डिभिजनका विभागीय टीम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, लिग एवं डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, सरस्वती क्लब तथा रूपन्देही फुटबल सङ्घ, धरान फुटबल क्लब र झापाको रोलिङ फुटबल क्लब रहेको सङ्घका अध्यक्ष धरमसिंह लामिछानेले जानकारी दिए।
सङ्घले यसपटक प्रतियागिताको पुरस्कार राशिमा वृद्धि नगरी खेलाडीको सुविधा वृद्धि गरिने जनाएको छ । ‘खेलाडीको हितको लागि प्रतियोगिता गरिएको हुँदा यसवर्ष पुरस्कार राशिमा वृद्धि नगरी खेलाडीको सेवासुविधामा वृद्धि गर्ने निर्णय गरेका छौं’–क्लबका अध्यक्ष लामिछानेले भने।तर रकम कति वृद्धि गरिएको छ भन्ने कुरा भने पत्रकार सम्मेलनमा खुलाइएन।
विजेता टीमलाई नगद तीन लाख ५५ हजार तथा उपविजेतालाई नगद दुई लाख एकहजार पुरस्कार प्रदान गरिने प्रतियोगिता टीममा बेस्ट प्लयेरलाई मोटरसाइकल प्रदान गरिने क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए।यस्तै बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, बेस्ट डिफेण्डर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई जनही १५ हजार पुरस्कार प्रदान गरिने छ।
१२ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दर्शकको सुविधाको लागि पहिलो चरण र दोस्रो चरणका खेलसम्म   ५० रुपिया तथा  क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलको लागि रु. एक सयको टिकट व्यवस्था गरिएको छ।
एन्फाका वर्तमान उपमहासचिव गणेशबहादुर भट्टराईको विशेष पहलमा स्थापना गरिएको खेलाडी अक्षयकोषमा हाल आठ लाख ९० हजार रहेको र प्रतियोगिताबाट बचत भएको केही रकम विश्व शान्तिस्तूपाको संरक्षणमा खर्च गरिने बताउँदै बाँकी रकम सोही अक्षयकोषमा जम्मा गरिने अध्यक्ष लामिछानेले बताए। केही समयअघि विश्वशान्ति स्तूपा परिसरमा पहिरो गएपछि जोखिमपूर्ण बनेको छ।
खेलाडी अक्षयकोषबाट प्राप्त ब्याजबाट हरेक वर्ष एक जना खेलाडी र एकजना खेलकुद पत्रकारलाई सम्मान गरिने भए पनि पोखरा रकपको पहिलो संस्करणबाहेक त्यसयता सो कार्यक्रम भएको छैन।
प्रतियोगिता सञ्चालन गर्न ६२ लाख खर्च तथा सोही बराबरको आम्दानी हुने अपेक्षा गरिएको अर्थ सड्ढलन उपसमितिका संयोजक मदन केसीले जानकारी दिए।
कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष धरमसिंह लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवं प्रतियोगिता संयोजक मिलन गुरुङले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन महासचिव राजन पौडेलले गरेका थिए ।

Comment