अमेरिकामा नेपाली मास्टरको सक्रियता


३८ औ एनुएल क्यापीटल ओपन राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप अमेरिकाको भर्जीनीयामा २५ मार्चमा सम्पन्न भयो । ६सय खेलाडी सहभागि च्याम्पियनसीपमा परिचित तेक्वान्दो मास्टर कुमार कार्की, मास्टर कल्पना कार्की, मास्टर दिनेस श्रेष्ठ,मास्टर राजु क्षेत्री,मास्टर दुर्गा गुरुङ्ग,मास्टर रामचन्द« केसी,मास्टर कृष्ण बलाल र इन्स्ट्रक्टर घम बहादुर थापा रेफ्रिको रुपमा रहेका थिए । एचकेली तेक्वान्दो एकेडेमीका मास्टर इन्सट्रक्टर कृष्ण बलालले दिएको जानकारी अनुसार घम बहादुर थापा तीन महिने बिशेष प्रशिक्षणको क्रममा अमेरिकामा छन् । यसै क्रममा उनी रेफ्रिको रुपमा पनि सक्रिय भएका हुन् ।

Comment