साइनिङ सन सेमिफाइनलमा


साइनिङ सन फुटबल एकेडेमी, कैलाली दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । लगनखेलस्थित बुद्धि विकास मण्डलको खेल मैदानमा साइनिङले नाइट किङ फुटबल क्लब, सानोगौचरणलाई ४–१ गोलले पराजित ग¥यो ।
निर्धारित ७० मिनेटको खेलमा अग्रता भने नाइट किङले ७ औं मिनेटमा हरि मानन्धरको गोलबाट लिएको थियो । साइनिङका रविन्द्र श्रेष्ठले ११ औं मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । चक्र पुनले १५ औं मिनेटमा गोल गर्दै साइनिङलाई पहिलो हाफको समाप्तिसम्म २–१ को अग्रता दिलाए । साइनिङका लागि ६५ औं मिनेटमा रविन्द्रले नै व्यक्तिगत दोश्रो तथा टिमका लागि तेश्रो गोल गरे । ७० औं मिनेटमा वीरेन्द्र पाण्डेले साइनिङको खातामा थप १ गोल थपे ।
साइनिङका लागि दुई गोल गरेका रविन्द्र ‘म्यान अफ द म्याच’ चुनिए । उनलाई नेपाली फुटबलका म्याराडोना उपनामले चिनिने मणिविक्रम शाहले ट्रफी प्रदान गरे । सेमिफाइनलमा साइनिङले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी क्लबसंग बुधबार प्रतिस्पर्धा गर्नेछ । स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघ नेपालद्वारा संयुक्त आयोजित प्रतियोगिताको अन्तिम क्वाटरफाइनल सामाखुशी फुटसल क्लब र साविक उपविजेता मनाङ मस्र्याङदी क्लबबीच मंगलबार हुनेछ ।

Comment