कट्वाल सम्मानित


मोरङ जिल्ला खेलकुद विकास समितिका प्रमुख देवराज कट्वाल सोमबार सम्मानित भएका छन् । न्यु श्रृष्टि दैनिकले खेलकुद क्षेत्रलाई अगाडि बढाउन र सातौं राष्ट्रिय खेलकुदलाई सफल बनाउन उल्लेखनिय योगदान पु¥याएको भन्दै कट्वाललाई सम्मान गरेको हो ।
श्रृष्टि दैनिकको छैठौं वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रमबीच उपप्रधान एवं गृह मन्त्री विमलेन्द्र निधिले कट्वाललाई सम्मान पत्र प्रदान गरी सम्मान गरे । प्रशासकीय अधिकृत तृतीय श्रेणीका कट्वाल विगत २० वर्षदेखि खेलकुदमा स्थायी कर्मचारीका रुपमा कार्यरत छन् ।

Comment