नेपाललाई चार स्वर्ण


नेपालले आरएस एन्ड सीसी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा चार स्वर्ण जितेको छ । भारतको मेघालयस्थित सिलोङमा शनिबार सम्पन्न प्रतियोगिताको पुरुष सिंगल्समा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ, मिक्स डबल्समा सोनु थापा मगर र नारायण घिमिरे, पुरुष डबल्समा श्यान्टु र मणिकुमार लामा तथा पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण जितेको अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ ।
स्वर्णका अलावा नेपालले थप ४ रजत र १ कांस्य पनि हात पार्न सफल भएको बताइएको छ । यु–२१ उमेरसमूहको उक्त प्रतियोगितामा नेपाल, भुटान र भारत गरी ३ राष्ट्र सहभागी थिए ।

Comment