रकिबको अग्रता कायम


बंगलादेशका ग्रान्डमास्टर अब्दुल्ला अल रकिबले एसियन जोनल थ्री प्वाइन्ट टु चेसमा अग्रता कायम राखेका छन् । उनले छैटौ चरणमा नेपालका सुमित पन्तलाई हराए । पन्तको प्रतियोगितामा यो पहिलो हार हो । ६ अंक भएका रकिबलाई ५.५ अंक भएका ग्रान्डमास्टर जिआउर रहमानले पछ्याइरहेका छन् । रहमानले छैटौ चरणमा बंगलादेशका एफएम हसन मेहन्दीलाई हराए । प्रतियोगितामा अपराजित रहेका केशब श्रेष्ठले उत्कृष्ट प्रदर्शनलाई जारी राख्दै हिमाल लामालाई हराए । केशब ५ अंक सहित तेश्रो स्थानमा रहेका छन् । अर्को खेलमा मुर्साद नियाजले मोहम्मद तैुबरलाई हराए । नियाजको पनि ५ अंक छ । यसैगरी, मदनकृष्ण कायस्थ र जिएम एमानुएल हुसेन विचको खेल बराबरी भयो ।
बंगलादेशी आइएम अबु सफीयन सकिल र बंगलादेशी एफएफ रहमान सायद मुजफुरको ४.५ अंक छ । सफीयनले मनीष हमाल तथा रहमानले क्षितिज भण्डारीलाई पराजित गरे ।
महिला तर्फ बंगलादेशकी डब्लुआइएम हमिद रानीले नेपालकी सबिना श्रेष्ठलाई हराउदै सत प्रतिसत विजय अभियानलाई निरन्तरता दिएकी छिन् ।

Comment