१३ औं आहा ! रारा गोल्डकप सम्पन्न गर्न विभिन्न उपसमिति गठन

पोखरा
सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फूड्स प्रा.लि.को उत्पादन रारा चाउचाउको मुख्य प्रायोजनमा आगामी २० माघ  देखि २ फागुनसम्म पोखरा रड्डशालामा सञ्चालन हुने १३ औं आहा ! रारा गोल्ड कप–२०७१ सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ ।
क्लबका अध्यक्ष वीरभद्र आचार्य मूल आयोजक समिति संयोजक रहेको सो समितिमा उपाध्यक्ष हरिराम गुरुङ प्रतियोगिता संयोजक रहेका छन् । गठित विभिन्न १७ उपसमितिअन्तर्गत अर्थ सड्ढलन उपसमिति संयोजकमा क्लब सल्लाहकार प्रकाश शेरचन, सहसंयोजकमा विश्वराज बराल र उपसंयोजकमा दीलिपराज श्रेष्ठ रहेका छन् ।  शान्तिसुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा सल्लाहकार खेमबहादुर गुरुङ, सहसंयोजकमा मनबहादुर क्षेत्री र  उपसंयोजकमा सुनिल गुरुङ छन् ।  प्रचार–प्रसार व्यवस्थापन उपसमिति संयोजकमा सल्लाहकार नारायण कार्की, सहसंयोजकमा केशवराज बराल र उपसंयोजकमा सुदर्शन रंजित छन् ।  प्राथमिक उपचार व्यवस्थापन उपसमिति संयोजकमा सल्लाहकार डा. नारायण गौतम, सहसंयोजकमा डा. रवीन्द्र श्रेष्ठ, उपसंयोजकमा डा. दीपेश कार्की र पूर्णबहादुर गुरुङ छन् ।  खेलमैदान व्यवस्थापन उपसमिति संयोजकमा विश्व तण्डुकार, सहसंयोजकमा रामजी कार्की र उपसंयोजकमा जयन्द्र लालचन रहेका छन ्।
त्यसैगरी अतिथि सत्कार व्यवस्थापन उपसमिति संयोजकमा सल्लाहकार परिषद् सभापति विक्रम थकाली, सहसंयोजकमा राजु लालचन र  उपसंयोजकमा विनु रानामगर छन् ।  अनुशासन एवं प्राविधिक उपसमिति संयोजकमा संस्थापक अध्यक्ष वसन्त थकाली, सहसंयोजकमा आनन्द रंजित र  उपसंयोजकमा दिनेश श्रेष्ठ रहेका छन् ।  मञ्च व्यवस्थापन उपसमिति संयोजकमा सल्लाहकार कृष्णबहादुर थापा, सहसंयोजकमा देवी रिमाल र  उपसंयोजकमा रोजिना गुरुङ छन् ।  स्वयंसेवक परिचालन उपसमिति संयोजकमा, मानार्थ सदस्य महेश गुरुङ, सहसंयोजकमा चित्रबहादुर पुन र उपसंयोजकमा सोमबहादुर जोशी, सहभागी टीम सम्पर्क उपसमिति संयोजकमा सल्लाहकार गणेशबहादुर भट्टराई, सहसंयोजकमा नवराज अधिकारी र  उपसंयोजकमा लीलबहादुर थापा रहेका छन ्।
आवास व्यवस्थापन उपसमिति संयोजकमा मानार्थ सदस्य जयलाल पुन, सहसंयोजक नवराज अधिकारी र  उपसंयोजक तिलक क्षेत्री, आयोजक फुटबल टीम तयारी उपसमिति संयोजकमा सल्लाहकार शम्भु कार्की, सहसंयोजक राजकुमार गुरुङ, र उपसंयोजक सुनिल रानामगर छन् । ं प्राविधिक निर्देशक शम्भु केसी, मुख्य प्रशिक्षकमा किरण श्रेष्ठ र  सहायक प्रशिक्षकमा मनोज थापा (जय) छन् ।  यातायात व्यवस्थापन उपसमिति संयोजकमा सल्लाहकार ऐनकुमार शाही र  सहसंयोजक चित्रबहादुर पुन, उपसंयोजक रविन श्रेष्ठ छन् ।  टीम समन्वय (लियाजन) उपसमिति संयोजकमा सल्लाहकार तेजबहादुर गुरुङ, सहसंयोजकमा रामजी अधिकारी र  उपसंयोजकमा रेश्मा कार्की छन् ।  खाजा व्यवस्थापन उपसमिति संयोजक रोजिना गुरुङ, सहसंयोजक पार्वती लालचन र  उपसंयोजकमा दुर्गा पुन छन् । ट्रफी मेडल तथा प्रमाणपत्र व्यवस्थापन उपसमिति संयोजकमा सल्लाहकार दीलिपकुमार गुरुङ, सहसंयोजक पूर्णबहादुर गुरुङ र उपसंयोजक गोपाल केसी छन् ।   रड्डशाला स्टोर्स व्यवस्थापन संयोजकमा रविन श्रेष्ठ रहेको क्लबका महासचिव केशवबहादुर थापाद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।
सहारा फुटबल एकेडेमीको सहयोगार्थ हुने अन्तर्राष्ट्रिय आमन्त्रित अन्तरक्लबस्तरीय सो फुटबल प्रतियोगितामा १२ टीमको सहभागिता रहनेछ।

Comment