चौथो नयाँ बजार खुला राष्ट्रिय पुरुष भलिबल चैतको अन्तिम साता


नयाँ बजार सामाजिक युवा क्लबको आयोजनामा हुने चौथो नयाँ बजार खुला राष्ट्रिय पुरुष भलिबल चैतको अन्तिम सातादेखी हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक सामाजिक युवा क्लबले सो बार जानकारी गराएको हो । कुल पुरस्कार राशीमा २५ प्रतिशतले बृद्धि भएको यस सस्करण २३ चैतदेखि २६ सम्म हुने आयोजक क्लबका अध्यक्ष भगवान थापाले बताए । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताका खेल नयाँ बजार टाउन प्लानिङ स्थीत सोसिएल ग्राउन्डमा सञ्चालन हुनेछन् ।
यस सस्करणमा तीन विभागिय टिम,भारतिय खेलाडी सम्मेलित मोफसलको क्लब र काठमाडौँंकै क्लबको सहभागीता रहने प्रतियोगिता संयोजक पदम कुमार श्रेष्ठले जानकारी दिए । जसअन्तर्गत नेपाल आर्मी,नेपाल पुलिस,शसस्त्र प्रहरी बलको एपीएफ,आयोजक नयाँ बजार युवा क्लब,जाउलाखेल क्लब,स्याङ्जाको आधिखोला भलिबल क्लब,हेल्प नेपाल र ढोरपाटन क्लबको सहभागीता रहनेछन् । प्रतियोगितामा सहभागी क्लबले नेपाल भलिबल संघको नियम अनुसार चार मात्र विदेशी खेलाडी सेटमा खेलाउन पाउने प्रावीधीक संयोजक एवम् राष्ट्रिय रेफ्री विकास गुरुङले बताए ।
प्रतियोगिताको विजेताले एक लाख ७५ हजार एक सय एघार रुपैयाँ,उपविजेताले ९० हजार एक सय ११ रुपैयाँ ,तेस्रो हुनेले ५१ हजार १ सय एघार र चौथोले २५ हजार १ सय एघार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस सस्करणमा बेस्ट प्लेयर तथा विधागत उत्कृष्टमा सटर,ब्लकर,डिफेन्डर,क्वीइकर र बेस्ट प्रशिक्षकलाई पुरस्कृत गरिनेछ । भलिबलमा जितको लागि समग्र टिमको उत्तिकै महत्वपुर्ण भुमिका हुने भएकाले विधागत उत्कृष्टमा यो पटक नगद पुरस्कार हटाइएको क्लबका महासचिव टिका राज पाण्डेले बताए । गत वर्ष नेपाल पुलिसले आधिखोला स्पोट्र्स क्लबलाई हराउदै उपाधि जितेको थियो ।
क्लबका अध्यक्ष थापाले भलिबल खेलमा प्रायोजनका लागि कर्पोरेट हाउसको भुमिका नुहनु निकै दुखदायी रहेको बताए । विश्वस्तरिय कम्पनीले विश्वमा नै भलिबल खेल प्रायोजनलाई महत्व दिदै आएको भएपनि नेपालमा त्यसको प्रभाव नपर्नु नेपाली भलिबल खेल स्तरमा दिर्घकालिन विकास हुन नसकेको धारणा ब्यक्त गरे । क्लबका महासचिव टिकाराज पाण्डेले ब्यक्तिगत रुपको थोरै प्रायोजनबाटै आफुहरुले प्रतियोगितालाई हरेक वर्ष विकसित रुपमा अगाडी बढाउदै लगेको बताए ।

Comment