नाइट किङ र ढोलाहिटी क्वाटरफाइनलमा

नाइट किङ फुटबल क्लब र ढोलाहिटी युथ क्लब दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघ नेपालद्वारा संयुक्त आयोजित प्रतियोगितामा नाइट किङले फोर्टी प्लस फाउन्डेसनलाई २–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि आनन्द गुरुङ र हरि मानन्धरले १–१ गोल गरे ।
बुद्धि विकास मण्डलको खेल मैदानमा भएको अर्को खेलमा ढोलाहिटीले ब्वाइज युनियन क्लब, त्रिपुरेश्वरलाई ५–२ गोलले हरायो । ढोलाहिटीका चुकबहादुर राना, लालबहादुर लिम्बू, प्रशान्त सुनुवार, दीपक बान्तवा र विजय गुरुङले १–१ गोल योगदान गरे । ब्वाइज युनियनका लागि राजेश लोप्चन र मनराज श्रेष्ठले १–१ गोल फर्काए । प्रतियोगिताअन्तर्गत शनिबार ब्वाइज स्पोर्ट्स क्लब, काठमाडौं र रुपेन्देही युनाइटेड, बुटवलबीच खेल हुनेछ ।

Comment