पूजालाई स्पोर्ट्स युनिभर्सको प्रोत्साहन

6

बानेश्वरस्थित खेल सामाग्री विक्री गर्दै आएको स्पोर्ट्स युनिभर्सले सामूहिक बलात्कार पीडित पूजा बोहरालाई प्रोत्साहन स्वरुप तेक्वान्दो खेल सामाग्री प्रदान गरेको छ ।
उक्त घटनापछि तेक्वान्दो खेल्न थालेकी पूजालाई युनिभर्सका प्रोप्राइटर एवं ओलम्पियन दीपक विष्टले २० हजार मुल्य बराबरको खेल सामाग्री लैनचौरस्थित रक्षा नेपालमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरे । साथै विष्टले रक्षा नेपालमा तेक्वान्दो खेल्ने खेलाडीलाई छुट्टै ८० हजार मुल्य बराबरको तेक्वान्दो सामाग्री पनि सोही अवसरमा हस्तान्तरण गरेका थिए ।
पूजा दक्षिण कोरियाको मुजु शहरमा सन् २०१४ मा सम्पन्न विश्व एक्सपो तेक्वान्दोअन्तर्गत एकल पुम्सेकी स्वर्ण विजेता हुन् ।पूजा हाल रक्षा नेपालमा आश्रित छिन् ।

Comment