राइजिङ स्टार च्याम्पियन

kumaro photo

राइजिङ स्टारले दोश्रो काठमाडौं जिल्लास्तरीय अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । राइजिङ स्टारले ७ स्वर्ण, ५ रजत  १ कांस्य जित्यो ।

काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, ५ रजत र २ कांस्यसाथ जनज्योति दोश्रो भयो । तेश्रो भएको सेलिब्रेसनले २ स्वर्ण, १ रजत र ३ कांस्य हात पा¥यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको तीनदिने प्रतियोगिताको पुरुषमा सगरमाथाका अनिल गुरुङ तथा महिलामा विजेश्वरीकी सरिश्मा शाह उत्कृष्ट खेलाडी चुनिए ।

विजेतालाई राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पा, नेपाल ओलम्पिक कमिटीका महासचिव तथा  राखेपका पूर्व सदस्य–सचिव जीवनराम श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।

समापनका अवसरमा पाँचौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका रजत विजेता यादव कुँवरलाई सम्मान गरिएको थियो ।

Comment