सामाखुशीको विजयी सुरुआत


सामाखुशी फुटसल क्लबले दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ । स्पोर्ट्स फर अल क्लब, नेपालद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा सामाखुशीले झम्सिखेल युथ क्लबलाई ११–१ को भारी गोलअन्तरले पराजित ग¥यो । विजयी टिमका लागि सरोज थापाले ७ तथा निमा लामा, मिलन श्रेष्ठ, हरि खड्का र विजय श्रेष्ठले १–१ गोल गरे । झम्सिखेलका कविराज रन्जितकारले सान्त्वना गोल गरे ।
प्रतियोगिताको पूर्व खेलकुद सहायक मन्त्री भूवन पाठकले एक कार्यक्रमबीच उद्घाटन गरे । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष लोकबहादुर शाहीले जनाएका छन् । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई १०–१० हजार नगदबाट पुरस्कृत गरिने छ । नकआउट प्रतियोगितामा ११ टिम सहभागी छन् ।

Comment