मार्सल सेल्फ डिफेन्सको झण्डा सगरमाथामा फहराउने


नेपाल मार्सल सेल्फ डिफेन्स संघको झन्डा बिश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने भएकोछ । पर्वतारोही ल्हाक्पा गेल्बु शेर्पाले उक्त झन्डा बैशाख तेश्रो साता सगरमाथा आरोहणको क्रममा सर्वोच्च शिखरमा फहराउने भएका हुन् । बिहिबार एक कार्यक्रमविच मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य सांसद कल्पना चौधरी र राष्ट्रिय खेलकुद परिषद प्रशासन प्रमुख सुरेश कुमार ढुङ्गगाना, संघका केन्द्रिय अध्यक्ष डि.बि. रानापालले सगरमाथा आरोही एवं संघका मानार्थ सदस्य ल्हाक्पा गेल्बु शेर्पालाई संघको झन्डा हस्तान्तरण गरे ।
बिश्वको सर्वाेच्च शिखर १२ पटक सफल आरोहण गरिसकेका सोलु निवासी शेर्पाले मे पहिलो साता १३ औं पटक सगरमाथा आरोहण गर्दैछन् ।

Comment