एपीएफको विजयी सुरुवात

apf volley ball team

बुटवलमा बुधबार सुरु भएको १९ औ राष्ट्रिय महिला भलीबल प्रतियोगितामा साविक विजेता एपीएफ र उपविजेता नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् । एपीएफले मध्यमाञ्चललाई २५–१८,२५–१५,२५–१० ले पराजित गर्यो । समुह एकै अर्को खेलमा एपीएफले पूर्वाञ्चललाई २५–१२,२५–३,२५–८ ले हरायो । बुधबार नै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चललाई ३–० को सोझो सेटमा नै हरायो । गत साता काठमाडौमा सम्पन्न दोस्रो साफ महिला भलीबल च्याम्पियनसीपमा दोस्रो स्थान प्राप्त नेपाली टोलीमा एपीएफका ६ खेलाडी समाबेश थिए ।

Comment