जोनल चेसमा जिआउरको अग्रता

नेपाल  बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा जारी एसियन जोनल ३.२ चेस प्रतियोगिताको चौथो चरणको समाप्तीमा शिर्ष बरियताका बंगलादेशी जिएम जीआउर रहमान र अब्दुल्ला अल रकिब ३.५ अंक सहित शिर्ष स्थानमा रहेका छन् । रहमानले चौथो चरणमा बंगलादेशका जिएम हुसेन एनामुएललाई पराजित गरे । रकिबले हसन मेहन्दीलाई हराए । नेपालका पूर्व राष्ट्रिय च्याम्पियन केशब श्रेष्ठ सहित जिएम नियाज मुर्साद र एफएम रहमान सयद मुजफुरको तीन अंक छ । केशबले चौथो चरणमा श्रीलंकाका कालु गाम्मीटीया आरएसलाई हराए । यसैगरी, मुर्सादले मदनकृष्ण कायस्थ तथा मुलफुरले मनीष हमाललाई हराए ।
हिमाल लामा, बंगलादेशका अन्तराष्ट्रिय मास्टर अबु समियन सकिल र भगवती प्रशाद शर्माको २.५ अंक छ । हिमालले क्षितिज भण्डारी, सकिलले बद«ीलाल नेपाली तथा भवगतीले सजिन मर्हजनलाई हराए । यसैगरी, सुमित पन्त र एफएम रहमान तोहम्मद तैबुरको २.५ अंक छ । चौथो चरणमा यी दुइ विचको खेलमा बराबरी भयो ।
महिला तर्फ डक्लुआइएम हमिद रानी लागातार चौथो जित हात पार्र्दै शिर्ष स्थानमा रहेकी छिन् । उनले चौथो चरणमा सरमिन समिहा समिमीलाई हराइन् । डब्लु आइएम समिमा अख्तरलाई तीन अंक सहित उनलाई पछ्याइरहेकी छिन् । चौथो चरणमा उनले श्रीलंकाकी साउमी जैनेबलाई पराजित गरिन् । बंगलादेशका नजराना खान र सुल्ताना सरमिन सिरिन विच बराबरी भयो । यी दुइको साढे दुइ अंक छ । अन्य खेलमा बै.गलादेशकी मोहमुदा हम चौधरीले सबिना श्रेष्ठलाई पराजित गरिन् भने मतीना कुसीले सिन्दीरा जोशी तथा शान्ता थापाले पुनम प्रसाइलाई हराए ।

Comment