क्षितिजको जिएमसंग बराबरी


नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा जारी एसियन जोनल ३.२ चेस प्रतियोगिताको तेश्रो दिन तेश्रो चरणको समाप्तीमा बंगलादेशी ग्रान्डमास्टर हुसेन एनामुएल, अब्दुल्लाह अल रकिब, जीआउर रहमान र फीडे मास्टर हसन मेहन्दी २.५ अंक सहित संयुक्त रुपमा अग्रस्थानमा रहेका छन् । जिआउल हक(२५२०) र रकिब (२४९२)विचको खेल बराबरीमा टुंगीएको थियो । दोश्रो चरणको समाप्तीसम्ममा राम्रो प्रदर्शन गरिरहेका आशिष फुयाल( १८०१) माथि मेहन्दी( २२६३)ले जित हात पारे । एनामुलले रहमान सायद मुजफुरलाइ हराए ।
त्यसैगरी क्षितिज भण्डारी( २०३६)ले बंगलादेशका ग्रान्डमास्टर नियाज मुर्सद( २४२२)लाई बराबरीमा रोक्दै अपराजित यात्रा कायम राखे । उनीसंगै पूर्व नेपाल च्याम्पियन केशब श्रेष्ठ,सुमित पन्त,फीडे मास्टर मनीष हमालले पनि अपराजित यात्रा कायम राख्दै दुइ अंक जोडेका छन् । केशब र सुमित विचको खेलमा बराबरी भयो भने मनीष र बंगलादेशका रहमान मोहम्मद तैबुर विचको खेलमा पनि बराबरी भयो । नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले पूर्व नेपाल च्याम्पियन नबीन तण्डुकारलाई हराउदै दुइ अंक पु¥याए । श्रीलंकाका कालुगमपिटियाले नेपालका रिजेन्द«राज भण्डारीलाई हराए पछि उनको पनि दुइ अंक भएको छ ।
महिला तर्फ डक्लुआइएम हमिद रानी लागातार तेश्रो जित हात पार्दै शिर्ष स्थानमा रहेकी छिन् । उनले तेश्रो चरणमा अर्की डक्लु आइएम समिमा अख्तरलाई पराजित गरिन् । अख्तरको दुइ अंक भने सुल्ताना सरमिन सिरिनको पनि दुइ अंक छ । उनले सबिना श्रेष्ठसंगको खेलमा जित हात पारिन् । श्रीलंकाकी साउमी जैनेबले पनि मतीना कुसीलाई हराउदै दुइ अंक जोडेकी छिन् । नेपाली खेलाडीमा शान्ता थापाले मोहमुदा हक चौधरी तथा सिन्दीरा जोशीले पुनम प्रसाइलाई हराए ।

Comment