दोलखामा अपाङ्ग खेलकुद

नेपाल पारा ओलम्पिक कमिटी र नेपाल दृष्टिविहीन टेबलटेनिस संघको संयुक्त आयोजनामा दोलखा जिल्लास्तरीय बहिरा तथा दृष्टिविहीन टेबलटेनिस प्रतियोगिता चैत १९ गतेदेखि हुने भएको छ ।
दोलखाको चरिकोटस्थित भीमेश्वर बहिरा विद्यालयमा हुने प्रतियोगितामा बहिरातर्फ ३० र दृष्टिविहीनतर्फ ४० खेलाडीको सहभागिता रहने आयोजक कमिटीका महासचिव कुमार पौडेलले जनाएका छन् ।
दुईदिने प्रतियोगितामा पुरुष÷महिला सिंगल्समा प्रतिस्पर्धा हुनेछ । दृष्टिविहीनतर्फ प्रतियोगिताअघि चैत १७ र १८ गते प्रशिक्षण पनि हुनेछ ।

Comment