विश्व मुवाथाईमा सञ्जयलाई स्वर्ण

थाइल्यान्डको बैंककमा भएको चौधौ विश्व मुवाथाई च्याम्पियनसिपमा नेपालका सञ्जय राईले स्वर्ण जितेका छन् । नेपाल राष्ट्रिय मुवाथाई संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिका अनुसार सञ्जयले प्रतियोगिताको पुरुष ४८ केजी तौलसमूहको फाइनलमा सञ्जयले स्पेनका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । हरेक वर्ष हुने प्रतियोगितामा नेपालले सातौं संस्करणदेखि नियमित सहभागिता जनाउदै आएकोमा पहिलो पटक स्वर्ण जितेको अध्यक्ष कक्षपतिले जानकारी गराए ।
मार्च ११ देखि १७ तारिखसम्म भएको उक्त प्रतियोगितामा स्वर्णका अलावा नेपालले थप १ रजत र २ कांस्य पनि हात पा¥यो । महिलाको ६७ केजीमा अनिशा खड्काले रजत तथा पुरुषको ५७ केजीमा दीपक तामाङ र महलिाको ५४ केजीमा करुणा उप्रेतीले कांस्य जिते ।
छ नेपाली खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । पुरुष ६० केजीमा रामगोपाल शाह ठकुरी र ६७ केजीमा ससिन्द्र रन्जित पदकविहीन रहे । निलम अधिकारीले प्रशिक्षक तथा उमेरकुमार खड्काले व्यवस्थापकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा विभिन्न ४० राष्ट्रको सहभागिता रहेको बताइएको छ ।

Comment