वाकाथन बिहिबार

खेलकुद जीवनको अभिन्न अंग भन्ने मुल नाराका साथ समाजमा जनचेतना अभिबृद्धि गर्ने अभियानका क्रममा मदन भण्डारी स्पोर्टस् एकेडेमीले आफ्नो स्थापना दिवसको अवसर पारेर बिहिबार “वाकाथन” कार्यक्रमको आयोजना गर्ने भएकोछ । नेकपा एमालेका अध्यक्ष एवं मदन भण्डारी स्पोर्टस् एकेडेमीका संरक्षक के.पी.ओलीको प्रमुख आतिथ्यतामा हुने वाकाथलनमा राजनैतिक दलका बिशिष्ठ नेताहरु, अन्य बिशिष्ठ व्यक्तित्वहरु, नेपालस्थित विभिन्न राष्ट्रका राजदुतहरुको साथै अन्य व्यक्तित्वहरुको उपस्थित रहने एकेडेमीका महासचिव पुरेन्द्र विक्रम लाखेले जनाएका छन् ।
वाकाथन विहान ७ ः ३० बजे पाटन दरवार स्क्वायर बाट शुरु भई पुल्चोक, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड हुंदै बशन्तपुर दरवार स्क्वायरमा पुगेर समाप्त हुने कार्यक्रम रहेकोछ ।

Comment