मलेसियामा करातेकर्मीको सम्मान


मलेसिया । मलेसियामा सम्पन्न एनआरएन एसिया प्रशान्त ५ औं क्षेत्रीय सम्म्ेलनमा दुइ करातेकर्मी सम्मानीत भएका छन् । दक्ष जनशक्ति, उद्यमशीलता सम्बृद्ध नेपालको आवश्यकता’ भन्ने मुल नाराका साथ क्वालालम्पुर स्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा सम्पन्न भएको सम्मेलनमा नेपाली प्रवासी सितोरियो कराते संघका दुईजना खेलाडीलाई सम्मान गरिको हो । सम्मानीत हुनेमा अन्तराष्ट्रिय पदकधारी कर्ण बहादुर राई र लक्ष्मी क्षेत्री रहे । राइले फिलिपिन्समा स्वर्ण पदक तथा मलेसियाको मेयर अन्तर्रािष्ट्रय कराते कपमा कास्य पदक जित्नुका साथै सेलनाइट एसियन कराते प्रतियोगितामा रजत पदक जितेका थिए । क्षेत्रीले पनि एसिया गोजुरियो प्यासिफिक प्रतियोगीता,मेयर अन्तराष्ट्रिय कराते कप,सेलनाइट एसियन कराते प्रतियोगिता,अन्तर्रािष्ट्रय ओकिनावा कराते प्रतियोगिता साथै मलेसियामा हुने विभिन्न अन्तर्रािष्ट्रय कराते प्रतियोगितामा रेफ्रीको भुमिकामा सक्रिय रहदै आएकी छिन् । यी दुबैको योगदानको कदर गर्दै सम्मान गरेकोमा प्रवासी कराते खेलाडीहरुको मिहेनतको कदर भएको कराते संघका अध्यक्ष योगेन्द्र कोइरालाले जनाएका छन् ।
गैर आवासीय नेपाली एनआरएनए एसिया प्रशान्त सम्मेलनमा प्रमुख अतिथिको रुपमा परराष्ट्रमन्त्री डाःप्रकाशशरण महत, विशिष्ट अतिथिमा नेपाल राष्ट्र बैंकका गभर्नर डा .चिरिन्जिबि नेपाल तथा अतिथिमा राजदुत डा .निरञ्जन सिहं बस्नेत उपश्थ्ति थिए । एनआरएन अध्यक्ष डाः शेष घले,एनआरएन संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, एनआरएन संरक्षक जिवा लामिछाने, महासचिब बद्रि केसि, आरसि किरण बिक्रम थापा, मलेसिया प्रेसिडेन्ट विश्व राई लगायत विभिन्न देशका प्रमुखको कार्यक्रममा उपस्थितिे थियो । मार्च १८ बाट सुरु गरिएको सम्मेलनले बिभन्न बिषयमा छलफल तथा निर्णय गरेको थियो । कार्यक्रममा एसिया भरिका १७ देशका १५० एनआरएन ए प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Comment