च्याम्पिन्स क्लबबाट सुनिलकोे विदाइ


न्युयोर्क ओपन र युएस ओपन करातेमा सहभागि हुन नेपाली कराते खेलाडी सुनिल लामा मंगलबार त्यस तर्फ प्रश्थान गर्दै छन् । ११ औ सागका स्वर्ण पदकधारी सुनिल लामालाई सोमबार च्याम्पियन्स क्लबले विदाइ गरेको छ । क्लबका अध्यक्ष रमेस मगर र क्लब सञ्चालन समितीका अध्यक्ष परशुराम बास्तोला सहित सम्पूर्ण टिमले विदाइ गरेको हो ।

विदाइ कार्यक्रममा उपाध्यक्ष ज्वाला सिंह गुरुङ्ग, महासचिव रञ्जन श्रेष्ठ,सचिव सञ्जय ब्यञ्जनकार र कोशाध्यक्ष निमा गुरुङ्ग लगायत पदाधीकारीको उपश्थितीमा भएको विदाइ कार्यक्रममा भिषा गाइड नेपालका प्रमुख दिनेस डंगोलले सहयोग स्वरुप च्याम्पियन्स क्लबलाई सहयोग गरे । उनले १० हजार रुपैयाको चेक अध्यक्ष मगरलाई हस्तान्तरण गरे । सुनिल ६ महिने प्रशिक्षण क्याम्पमा समेत सहभागि हुने छन् ।

Comment