दोश्रो चरणमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन


एसियन जोनल थ्रीप्वाइन्ट टु चेस प्रतियोगिताको दोश्रो चरणमा नेपालका केशब श्रेष्ठ र मनीष हमालले जिएमसंग बराबरी गरेका छन् । सोमबार प्रतियोगिताको दोश्रो चरणमा केशबले एनामुल हुसेन( २४७४) संग बराबरी गरे । यसैगरी, फीडे मास्टर मनीष हमाल र आशिष फुयाँलको स्तरीय प्रदर्शन सोमबार पनि कायम रह्यो । मनीषले दोश्रो चरणको खेलमा बंगलादेशी जिएम नियाज मुर्सद(२४२२)संग बराबरी गरे । यसैगरी, आशिषले बंगलादेशी आइएम २३४३ अबु सफीयन सकील(२३४३)संग बराबरी गरे । क्षितिज भण्डारीले बंगलादेशी एफएम रहमान मोहम्मद तबीर(२३४१)संग बराबरी गरे । मदनकृष्ण कायस्थ शिर्ष बरियताका बंगलादेशी जिएम जिआउर रहमानसंग पराजित भए । सुमित पन्तले हसन मेहन्दी(२२६३)संग बराबरी गरे ।
नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकडेमीको आयोजानमा जारी प्रतियोगिताका सोमबार भएका अन्य खेलमा बंगलादेशी जीएम अब्दुल्ला अल रकीबले हिमाल लामा, नबीन तण्डुकारले मोहन सिंह प्रधान, भवगती प्रसाद शर्माले मोहम्म्द इम्रान खान, तथा अहमद एमन इब्राहिमले रञ्जन कुबँरलाई हराए । बंगलादेशका एफएम रहमान सायद मुजफुरले नेपालका सिएम रिजेन्द« राज भण्डारीलाई हराए । दुइ चरणको समाप्तीमा रहमान,रकिब र मुजफुरको दुइ अंक छ । यसैगरी, मनीष सहित हुसेन,तैबुर, क्षितिज,केशब हुसेन, सुमित, मेहन्दी र आशिषको १.५ अंक छ । मदनकृष्ण सहित हिमाल,रिजेन्द«, नबीन र भगवतीको एक अंक छ ।
महिला तर्फ शिर्ष बरियताकी डब्लु आइएम बंगलादेशी समिमा अख्तरले आफ्नै देशकी डब्लुएफ नजराना खान, बंगलादेशी डब्लु आइएम हमिद रानीले श्रीलंकाकी सुमेइ जयनेब तथा नेपालकी मतीना कुशीले आफ्नै देशकी पुनम प्रसाइलाई हराए । सबिना श्रेष्ठले शान्ता थापासंगको खेलमा जित हात पारिन् ।

Comment