जजेज कमिटी गठन

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले गोविन्द चित्रकारको संयोजकत्वमा ५ सदस्यीय जजेज कमिटी गठन गरेको छ । कमिटीको सह–संयोजकमा वर्तमान डिआईजी विजयलाल कायश्थ तथा सदस्यमा प्रतापकाजी वरिया, अनिललाल श्रेष्ठ र विश्व शारीरिक सुगठन च्याम्पियनसिपका कांस्य विजेता श्याम श्रेष्ठ रहेका छन् । निर्णायक तथा खेलाडीलाई गुणस्तरीय तालिम प्रदान गर्न तथा प्राविधिक पक्षलाई समय सापेक्ष अघि बढाउन सहज होस् भन्ने उद्देश्यले कमिटी गठन गरिएको शारीरिक सुगठन संघले जनाएको छ ।

Comment