सुमितको महत्वपूर्ण जित


एसियन जोनल थ्रीप्वाइन्ट टु चेस प्रतियोगिता आइतबार सुरु भयो । प्रतियोगिताको पूर्व प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरे । एसियन जोनल थ्री प्वाइन्ट टुका अध्यक्ष राजेशहरी जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बुद्धीचाल संघका अध्यक्ष एकलाल श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द« पौडेल लगायतको उपश्थिती थियो । २८ मार्चसम्म हुने प्रतियोगितामा नेपाल सहित बंगलादेश, माल्दीभ्स र श्रीलंकाका समेत कुल ४२ खेलाडीको सहभागिता रहेको छ ।
पहिलो चरणमा नेपाली खेलाडीमध्य सुमित पन्तले सबैभन्दा महत्वपूर्ण जित हात पारे । उनले बंगलादेशी आइएम अबु सफीयन सकील(२३४३) लाई पराजित गरे । अन्य शिर्ष खेलाडीले पहिलो चरणमा सफलता पाए । शिर्ष बरियताका बंगलादेशी जिएम जिआउर रहमानले बद«ी लाल नेपाली, बंगलादेशकै जिएम जीएम अब्दुल्लाह अल रकिबले सजिन मर्हजन, जिएम इमानुएल हुसेनले भुपेन्द« निरौला र जिएम नियाज नुर्सादले नबीन तण्डुकारलाई हराए । एफएम हसन मेहन्दीले रञ्जन कुबँर र एफएफ मुजाफीर सयर रहमानले विवेक श्रेष्ठसंगको खेलमा जित हात पारे । आशिष फुयाँलले श्रीलंकाका कालुगम पिटिया आरएसलाई हराए ।

सुमित पन्त

मदनकृष्ण कायस्थले मिलन लामा, हिमाल लामाले राजेन्द« पराजुली, केशब श्रेष्ठले सुमन राइ,एफएम मनीष हमालले मोहन सिंह प्रधान, क्षितिज भण्डारीले माल्दीभ्सका अहमद अमान इब्राहिम र रिजेन्द« राजभण्डारीले मोहम्मद इम्रान खानलाई हराए ।
महिलामा डब्लुआइएम हमिद रानीस खानसंग शान्ता थापा,डब्लुएफएम नजरान खानसंग सिन्दीरा जोशी, सरिमिन सिमाहा सिमीमीसंग पुनम प्रसाइ र साउमी जैनाबसंग सबिना श्रेष्ठ पराजित भए ।

Comment