सिफल कराते डो प्रतिष्ठान स्थापना


कराते खेलको विकास र विस्तारलाई मध्यनजर राख्दै सिफलमा पनि कराते खेलडीहरु उत्पादन गर्ने उद्धेश्यले हरिबहादुर थापा मगरको अध्यक्षतामा सिफल कराते डो प्रतिष्ठान स्थापना गरिएको छ ।
काठमाण्डौ जिल्ला खेलकुद बिकास समितिमा ६६४ “क” मा दर्ता भएको प्रतिष्ठानको उपाध्यक्ष त्रयमा विशाल विक्रम अधिकारी, हिक्मत थपलिया र ईन्द्र बज्राचार्य रहेका छन् । सचिवमा शिला खड्गी, सह–सचिवमा द्रोण कुमार पौडेल र कोषाध्यक्षमा सन्देश तामाङ्ग रहेका छन् । यस्तै सदस्यहरुमा अनिमेशलाल श्रेष्ठ, बुद्धिमान तामाङ्ग, पूर्णबहादुर श्रेष्ठ, क्षितिज थापा मगर, ऋिषिता देव, दिवाकर न्यौपाने, धनबहादुर घर्ती र दिपेश थापा रहेका छन् । प्रतिष्ठानको सल्लाहकारमा ज्ञानेन्द्र कुमार श्रेष्ठ र बलराम मित्र (बि.आर.मित्र) लाई चयन गरिएको छ ।

Comment