कांस्य विजेता टेनिस टोलीको स्वागत

8
कतारको दोहामा सम्पन्न एसियन जुनियर टेनिस टिम कपमा तेस्रो स्थान प्राप्त गर्ने नेपाली टोलीलाई बुधबार नेपाल लन टेनिस संघले त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गरेको छ ।
मंगलबार सम्पन्न प्रतियोगितामा नेपालले जोर्डनलाई हराउदै तेस्रो भएको थियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, नेपाल लन टेनिस संघका अध्यक्ष मनोज राणा, प्रशिक्षक, टेनिस खेलाडी र अभिभावकहरुले स्वागत गरे ।
एसियाका १० राष्ट्र सहभागी प्रतियोगितामा नेपालले कतार, साउदी अरेबीया र काजकस्तानलाई समान २–१ ले हराउदै सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा यमनले नेपाललाई त्यसै अन्तरमा हराएको थियो । नेपाली टोलीमा संरक्षकभूषण वज्राचार्य, रेन्जन लामा, प्रनव खनाल र सम्यकभूषण बज्राचार्यले नेपालको चुनौती प्रस्तुत गरेका थिए ।
नेपाली टोलीका प्रशिक्षक सूर्यभूषण वज्राचार्यले सबै खेलाडीको टिम भावनाका कारण पदक प्राप्त गर्न सफल भएको प्रतिक्रिया दिए । संरक्षक र रेन्जनले प्रतियोगिताले राम्रो अनभुब प्राप्त भएको र आगामी दिनमा यस भन्दा राम्रो परिणामको आशा रहेको बताए ।

Comment